वाणिज्य संघको अगुवाईमा विर्तामोड बजार सरसफाइ

Share this
702shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ असोज २२, मंगलबार ०९:००

झापा । चाडपर्वलाई लक्षित गर्दै विर्तामोड बजार सरसफाइ अभियान थालिएको छ । विर्तामोड उद्योग वाणिज्य संघको आयोजना तथा विर्तामोड नगरपालिकाको सहकार्यमा विर्तामोड बजार सरसफाइ अभियान थालिएको हो ।
राष्ट्रियसभा सदस्य गोपालकुमार बस्नेतको प्रमुखआतिथ्यमा विर्तामोडस्थित वानस्टप मल अगाडिबाट सरसफाइ अभियानको सुरुवात गरिएको थियो ।

सरसफाइ कार्यक्रममा अरिदमन गण चारआलीका नेपाली सेना, जिल्ला ट्राफिक प्रहरी कार्यालय झापा, इलाका प्रहरी कार्यालय अनारमनी, नागरिक समाजका अगुवा, विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुले बजार सरसफाइ अभियानमा सहभागिता जनाएका थिए ।

त्यस्तै, विर्तामोड उद्योग वाणिज्य संघका पदाधिकारी तथा सदस्यहरु समेत सरसफाइ कार्यक्रममा सहभागी थिए ।

सरसफाइ कार्यक्रममा विर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायव उपरिक्षक प्रकाश बिष्ट, जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षण गणेश पौडेललगायत सहभागी थिए ।

विर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा संघका उद्योग उपाध्यक्ष विशाल थापाले स्वागत गर्दै कार्यक्रमको औचित्यबारे जानकारी गराएका थिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.