…जब प्रहरीले त्रिपाल ४० पोका, बिलमा ६० पोका भेटायो

Share this
756shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ असोज २७, आइतबार २०:२४

विराटनगर । इलाका प्रहरी कार्यालय रानीले बिल बमोजिमको सामान नभएकाको एक सिटी (लोडर) र त्यसका चालकलाई नियन्त्रणमा लिएको छ ।

विराटनगर महानगरपालिका – १३ कोशी प्रोजेक्ट क्षेत्रबाट उक्त सिटी र चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ ।

सिटीमा लोड गरेको ४० पोका त्रिपाल र त्यसका चालक मोरङ जहदा गाउँपालिका ३ का असर्फी साहलाई पनि नियन्त्रण पछि आवश्यक अनुसन्धान र कार्बाहीका लागि आन्तरिक राजश्व कार्यालय इटहरी पठाइएको छ ।

आइतबार दिउँसो रानीबाट विराटनगर तर्फ जादै गरेको प्र.१–०२–००२ स ५७५६ नं.को सिटी (लोडर) मा ४० पोका त्रिपाल लोड रहेको तर बिलमा ६० पोका उल्लेख थियो । उक्त बरामत त्रिपाल करिब ५ लाख मुल्य बराबरको रहेको बताइएको छ ।
।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.