वीरगन्जको मितेरी पुलनजिक गोली चल्यो

Share this
667shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ असोज २९, मंगलबार १८:३१

वीरगन्ज। नेपाल–भारतको सीमा क्षेत्रअन्तर्गत मितेरी पुलनजिक नेपालतर्फ वीरगन्जमा आज (मंगलबार) दिउँसो गोली चलेको छ ।

वीरगन्ज–रक्सौल नाकास्थित नेपाली भू-भागमा दिउँसो गोली चलेको हो । भारततर्फबाट ४ जना व्यक्तिलाई खेदाउँदै आएका  भारतीय सीमा सुरक्षा बल (एसएसबी)का जवानले नेपाल–भारत सीमामा अवस्थित मितेरी पुलको तलतिरको नेपाली भू–भागमै प्रवेश गरेर गोली चलाएको प्रत्यक्षदर्शी महिलाले बताइन् ।

भारतीय भूमिमा पर्ने अहरिवा टोलाबाट कबाड संकलन गर्ने २ महिला र २ पुरुषलाई खेदाउँदै आएका एसएसबीका १ जवानले चलाएको गोली भने कसैलाई नलागेको उनले बताइन् । गोली चलाएपछि कबाड संकलन गर्नेहरु नेपालतर्फ भागेका थिए भने गोली चलाउनुको कारण खुल्न सकेको छैन ।

गोली चलेको भनिएको घटनास्थलमा एउटा गोलीको खोका भेटिएको बताउँदै, पर्साका प्रहरी प्रवक्ता डीएसपी दीपक भारतीले भने, ‘नेपाल–भारत सीमास्थित मितेरी पुलको छेउमा रहेको नेपाली भू–भागमा इन्सास राइफलमा लाग्ने एउटा गोलीको खोका भेटिएको छ । तर, गोली नै चलेको भन्ने पुष्टि भइसकेको छैन । घटनास्थलमा प्रहरीको टोली पुगेर अनुसन्धान थालिसकेको छ ।’

 

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.