पाँचथरको सावा खोलामा एक पुरुषको शव फेला

Share this
708shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ असोज ३०, बुधबार ११:१०

विराटनगर । पाँचथरको तुम्वेवा गाउँपालिकास्थित सावा खोलामा एक जना पुरुष मृत अवस्थामा मंगलबार फेला परेका छन् ।

तुम्वेवा गाउँपालिका–२ स्थित सावा खोलामा पहिचान नखुलेको अन्दाजी ६० वर्षको पुरुषको शव फेला परेको इलाका प्रहरी कार्यालय रविले जनाएको छ ।

प्रहरीका अनुसार खोलाले बगाइ ल्याएर खोला किनारमा घोप्टी परी मृत अवस्थामा पुरुषको शव फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बिनालाल साह तेली नेतृत्वको टोलीले कानुनी प्रक्रिया पूरा गरी शव पोस्टमार्टमका लागि पठाएको छ ।

मृतको पहिचना खोज्ने र घटनाको थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.