फाइल फाेटाेविराटनगर । प्रहरीले विराटनगरबाट १०३ किलो गाँजासहित एउटा कार नियन्त्रणमा लिएकाे छ ।
आज दिउँसो करिब साढे ३ बजे विराटनगर महानगरपालिका– १५ दुई नम्बर ढाँटबाट १०३ किलो गाँजासहित बिआर ३८ एडब्लू–३७७६ नम्बरको भारतीय नम्बर प्लेटको कार नियन्त्रणमा लिएको हो ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरबाट खटिएको प्रहरी टोलीले भारत तर्फ जाँदै राेकेर चेकजाँच गर्दा चालक भने गाडी छाडेर भागेका थिए । कारको पछाडी डिक्कीको भागमा गाँजा भेटिएको थियो । घटनाकाे थप अनुसन्धान भइरहेकाे प्रहरीले बताएकाे छ ।

























