
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले १०० दिनको अवधिमा सहकारी ठगीमा संलग्नलाई कारबाहीको दायरामा ल्याइएको बताएका छन् ।
सरकारकाे १०० दिनका उपलब्धि सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले सहकारी बचत अपचलनमा संलग्नमध्ये हालसम्म ६०० भन्दा बढीलाई कानुनी कारबाही गरिएको बताए ।
यस्तै सरकारले सय दिनमा निर्माण व्यवसायीले पाउनु पर्नेमध्ये ६ अर्ब ७५ करोड भुक्तानी दिइएको समेत जानकारी प्रधानमन्त्रीले दिए ।
सरकारका १०० दिनमा सेयर बजार समेत प्रगतिको लाइनमा आएको उनले दाबी गरे ।

























