ट्रकमा लोड गरेको ३४० किलो गाँजा बरामद

Share this
725shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ कात्तिक १७, शनिबार २०:३०

सुनसरी । ट्रकमा लोड गरेको अवस्थामा प्रहरीले सुनसरीबाट ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद गरेको छ ।

कोशी गाँउपालिका– हरिपुरबाट प्रहरीले शनिबार बिहानका राति ट्रक नियन्त्रणमा लिएको हो । अस्थायी प्रहरी पोस्ट हरिपु्रबाट चेकजाँचमा खटिएको टोलीले प्रदेश १–०२–००२ ख ०४१४ नम्बरको ट्रकलाई नियन्त्रणमा लिएर खानतलासी गरेको थियो ।

चेकजाँच गर्दा उक्त ट्रकमा ११ वटा बोरामा ३ सय ४० किलोग्राम गाँजा फेला परेको सुनसरी प्रहरीका प्रवक्ता डीएसपी रामप्रसाद तिमल्सिनाले बताए । प्रहरीले ट्रकसहित गाँजा नियन्त्रणमा लिए पनि चालक फरार रहेकाले खोजी जारी राखिएको उनको भनाइ छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.