पोखरीमा डुबेको कारबाट दुई जनाको शव निकालियो

Share this
659shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ कात्तिक २०, मंगलबार ०९:३१

सर्लाही । गुड्दागुड्दै सडकबाट खसेर पोखरीमा डुबेको कारबाट दुई जनाको शव निकालिएको छ । सर्लाहीको ईश्वरपुर नगरपालिका–२ मियाँखोरस्थित पोखरीमा लु २ च ६७५८ नम्बरको कार डुबेको थियो ।

कार चालक महोत्तरीको गौशाला नगरपालिका–१० का सुरेश महतो र कारमा सवार सोनमा गाउँपालिका–८ का रामाकान्त ठाकुर पोखरीभित्रै मृत फेला परेको सर्लाही प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए । उनका अनुसार शव सशस्त्रको गोताखोर टोलीले बाहिर निकालेको हो ।

पोखरीभित्र डुबेको कारलाई पनि बाहिर निकालिएको छ । कारमा सवार गौशाला–२ का जनक यादव भने पौडिएर बाहिर निस्किएका थिए ।

कार अनियन्त्रित भएर सडक छेउमा रहेको सरस्वती उच्च माध्यामिक विद्यालयको पोखरीमा गएर डुबेको थियो । प्रहरीले घटनाको थप अनुसन्धान अघि बढाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.