मोरङको ग्रामथानको अध्यक्षमा एमालेले तुलसीरामलाई उठाउने

Share this
669shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ कात्तिक २४, शनिबार १७:१७

विराटनगर । सत्तारुढ नेकपा (एमाले)ले मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षमा तुलसीराम विश्वासलाई उठाउने भएको छ ।

आगामी मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनमा एमालेले विश्वासलाई उम्मेदवार बनाउने भएको हो । उनी पार्टीको ग्रामथान गाउँपालिका उपाध्यक्ष हुन् ।

एमाले नेताहरुका अनुसार विश्वास २०६८ अघिसम्म विदेशमा थिए । विदेशबाट फर्किएर पार्टीमा सक्रिय भएका उनले अहिले अध्यक्षको टिकट पाएका छन् ।

एमालेको शनिबार बसेको सचिवालय बैठकले विश्वासलाई अध्यक्षको उम्मेदवार बनाउने टुंगो गरेको हो । बैठकले देशभरका उपनिर्वाचनमा उठाउने उम्मेदवारको टुंगो लगाएको नेताहरुले बताएका छन् ।

एमाले मोरङका अध्यक्ष बाबुराम कार्कीले भने विश्वासलगायत ३ जनाको नाम सिफारिस गरेर पठाइएको जानकारी दिए । उनका अनुसार विश्वाससहित शिवनारायण माझी र निर्मला अधिकारीको नाम प्रदेश कमिटीलाई पठाइएको थियो ।

प्रदेशले केन्द्रमा पठाएपछि सचिवालय बैठकले विश्वासको नाम अनुमोदन गरेको हो । ग्रामथानको अध्यक्षमा एमालेबाट ११ जना आकांक्षी थिए ।

नेपाली कांग्रेसले गाउँपालिकाको अध्यक्षमा पार्टीका पूर्वमहासमिति सदस्य एवं कांग्रेस मोरङको सल्लाहकार समिति सदस्य बलराम सरदार र नेकपा (माओवादी केन्द्र)ले पूर्ववडाध्यक्ष नमोनारायण माझीलाई उम्मेदवार बनाउने निर्णय यसअघि नै गरिसकेका छन् ।

२०७९ सालको स्थानीय तह निर्वाचनमा कांग्रेसका जयप्रकाश गच्छदार ग्रामथानको अध्यक्ष निर्वाचिन भएका थिए । उनको गत असार ३ गते निधन भएको थियो । गच्छदारको निधनपछि ग्रामथानमा उपनिर्वाचन हुने भएको हो ।

गत चुनावमा गच्छदारले ७ हजार ६ सय ५ मत पाएका थिए । उनका निकटम प्रतिस्पर्धी एमालेका शिवनारायण माझी थारुले ६ हजार ९३ मत मात्रै ल्याए ।

२०७४ को स्थानीय तह निर्वाचनमा भने एमालेका शिवनारायण माझी थारु नै विजयी भएका थिए । २०७९ मा भने गच्छदारसँग उनी पराजित भएका हुन् ।

 

तपाइको प्रतिक्रिया
प्रधानमन्त्री शाहको भारत भ्रमण राजकीय हुने तयारी
बाढीपछिको पुनर्निर्माणमा एडिबीको सहयोग बढाउन नेपालको आग्रह
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.