प्रधानमन्त्री ओली विराटनगरमा

Share this
632shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ कात्तिक २६, सोमबार ११:०१

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओली विराटनगर आइपुगेका छन् । बुद्ध एयरको जहाजमार्फत उनी भर्खरै विराटनगर ल्याण्ड भएका हुन् ।

विराटनगर विमानस्थल र आसपासको सुरक्षा व्यवस्था कडा पारिएको छ । प्रधानमन्त्री आउने भएपछि उनको प्रतिक्रिया लिन पत्रकारहरु विमानस्थल पुगेका छन् ।

यद्यपि, विमानस्थलको भीआईपी कक्षभित्र भने पत्रकारलाई प्रवेश दिइएको छैन । माथिकै आदेश भन्दै प्रहरीले करिब १ घण्टादेखि बाहिर रोकेर राखेको छ ।

ओली विराटनगर हुँदै सुनसरीको धरान जाने कार्यक्रम छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको १३ औं दीक्षान्त समारोहमा सहभागी हुन उनी धरान जाने छन् ।

लामो समयसम्म रोकिएको दीक्षान्त समारोह नभएका कारण प्रतिष्ठानबाट अध्ययन गरिसकेका डाक्टर र नर्सहरू दीक्षित हुन पाएका थिएनन्। ओली आजै अपरान्ह विराटनगर विमानस्थल हुँदै काठमाडौं फर्किने कार्यक्रम छ ।

 

तपाइको प्रतिक्रिया
प्रधानमन्त्री शाहको भारत भ्रमण राजकीय हुने तयारी
बाढीपछिको पुनर्निर्माणमा एडिबीको सहयोग बढाउन नेपालको आग्रह
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.