झापामा नवजात शिशुको जीवितै उद्धार

Share this
755shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ कात्तिक २९, बिहीबार २१:४९

झापा । झापामा खोलानजिक घारीमा फ्यालिएको नवजात शिशु (छोरी)को बिहीबार बिहान जीवितै उद्धार गरिएको छ ।

मेचीनगर नगरपालिका–१० निन्दा खोलानजिकै घारीमा फेला परेकी शिशुलाई कमिलाले टोकिरहेको थियो । मेचीनगर नगरपालिका–११ की इन्दिरा प्रसाईं (अधिकारी)ले ‘मर्निङ वाक’ गर्ने क्रममा बेवारिसे फ्यालेको सालनालसहितको शिशुलाई कमिलाले टोकेर रक्ताम्य पारेको अवस्थामा बिहान ६ः३० बजेतिर फेला पारेकी थिइन् ।

उनले दिउँसो १ बजेतिर इलाका प्रहरी कार्यालय धुलाबारीमा शिशु बुझाएको झापा प्रहरीका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले बताए । उनका अनुसार शिशुलाई मेचीनगर–१० वडा कार्यालयमा बुझाइएको छ ।

कसले जन्माएर शिशु फ्यालेको हो भनेर यकिन भइनसकेको प्रहरीले जनाएको छ । अवैध गर्भबाट जन्मिएपछि घटना लुकाउनलाई फ्यालेको हुनसक्ने चन्दले बताए । घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको जानकारी उनले दिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.