‘नेपालको इलस्ट्रेटिभ एटलस अफक्रेनियल सर्जरी’ पुस्तक बिमोचन

Share this
732shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ मंसिर १, शनिबार १८:००

विराटनगर । विराटनगरस्थित आर्या न्यूरो हस्पिटलका प्रबन्धक निर्देशक तथा वरिष्ठ न्यूरो सर्जन डाक्टर पंकजराज नेपालको ‘नेपालको इलस्ट्रेटिभ एटलस अफक्रेनियल सर्जरी’नामक पुस्तक बिमोचन भएको छ ।

सुनसरीको इटहरीमा नेपाल न्यूरो सर्जन समाज (नेसन)को ११ औं राष्ट्रिय सम्मेलनमा डाक्टर नेपालको उक्त पुस्तक बिमोचन गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, नेपाल न्यूरो सर्जन समाजका अध्यक्ष तथा वरिष्ठ न्यूरो सर्जन डा. यामबहादुर रोकालगायतले संयुक्त पुस्तक बिमोचन गरे ।

डाक्टर नेपालले पुस्तक नेपालमा न्यूरो सर्जरीको क्षेत्रमा अग्रगामी प्राध्यापक डा. उपेन्द्रप्रसाद देवकोटाको शिक्षा र बिरासतको प्रमाण भएको बताए । ‘डाक्टर देवकोटाले आफूपछिका पिढीलाई सिकाउने, बुझाउने ज्ञान दिनु भएको थियो । उहाँले दिनु भएको ज्ञान, हजारौंको जीवन बचाउने विकसित अभ्यासहरू जस्ता कुराका साथै अन्य नयाँ विकसित प्रविधि र ज्ञानबारे समेटेर पुस्ताक तयार पारिएको, डा. नेपालले बताए ।

‘यस पुस्तकका दृष्टान्तहरू रेखाचित्रमा मात्र होइन, तिनीहरू मेरो न्यूरो सर्जनको रूपमा यात्राको प्रतिविम्ब रहेको छ,’ उनले भने ।

यी तस्बिरहरू प्रस्तुत गर्न मात्र होइन तर सावधान कलात्मकताको भावनालाई मार्ग दर्शन गर्नका लागि पनि हुन् । जुन हरेक सफल न्यूरो सर्जिकल प्रक्रियामा अन्तर्निहित हुन सक्छ,’ डाक्टर नेपालले भने, ‘यस एटलसको प्रारम्भिक अध्यायहरूले प्रभावकारी न्यूरो सर्जिकल प्रविधिहरूको मेरुदण्डको रूपमा महत्वपूर्ण शारीरिक निश्कर्षहरूमा खोजी गर्दछ । क्रेनियल शल्यक्रियाको जटिलताहरू नेभिगेट गर्न चाहने कुनै पनि सर्जनका लागि यी सूक्ष्मताहरू बुझ्न आवश्यक छ । त्यसपछिका अध्यायहरू क्रेनियल ट्रमा, न्यूरो भास्कुलर र ब्रेन ट्युमरको व्यवस्थापनमा प्रयोग गरिने विभिन्न शल्यचिकित्सा प्रविधिहरूमा समर्पित छन् ।’

प्रत्येक प्रविधिलाई स्पष्ट, व्यावहारिक मार्ग दर्शन प्रदान गर्ने उद्देश्यले विस्तृत रूपमा व्याख्या गरिएको उनले बताए । साथै प्रोफेसर देवकोटाको दृष्टिकोणको शिक्षा पनि पुस्तकमा सुरक्षित राखिएको डाक्टर नेपालले बताए ।

कार्यक्रममा नेपाल न्यूरो सर्जन समाजका अध्यक्ष डाक्टर यामबहादुर रोकाले इलस्ट्रेटिभ एटलस अफक्रेनियल सर्जरी पुस्तकले न्युरो सर्जनका लागि बहुमूल्य स्रोतको रूपमा काम गर्ने बताए ।

डाक्टर नेपालले लेखेको पुस्तकमा समावेश गरेको चित्रहरु उनी आफैले बनाएका हुन् । उनी आर्टप्रति शौखिन छन् ।

तपाइको प्रतिक्रिया
अब व्यवहार बदल्ने बेला
बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणका लागि साढे ५ खर्ब बजेट सिफारिस
कांग्रेसको संकल्प : चुनावअघि गठबन्धन नगर्ने, रुख चिह्नमै एक्लै प्रतिस्पर्धा
गगन थापाको ४६ पृष्ठे प्रतिवेदनमा कांग्रेस बदल्ने प्रस्ताव (पूर्णपाठसहित)
अत्यावश्यकबाहेक भोटेकोशी–त्रिशूलीमा खोज तथा उद्धार स्थगित
कांग्रेसमा डिजिटल सदस्यतादेखि प्राइमरीसम्म, संगठन सुधारको नयाँ खाका
मोरङको जहदाबाट ८४ किलो बढी गाँजा बरामद
सुरु भयो कांग्रेस महाधिवेशनको बन्द सत्र, तीन छुट्टाछुट्टै हलमा छलफल
कांग्रेस विधानमा व्यापक फेरबदलको प्रस्ताव
प्रहरीको काम कारबाही नागरिकले रेकर्ड गर्न पाउनुपर्ने मागमा सर्वोच्चद्वारा कारण देखाऊ आदेश
सर्वोच्चमा न्यायाधीश छनोट गर्न न्याय परिषद् बैठक बस्दै
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×