मोरङको ग्रामथान : यस्ता छन् एमाले उम्मेदवारका प्रतिबद्धता

Share this
716shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ मंसिर १, शनिबार १८:५३
oppo_2

विराटनगर । मोरङको ग्रामथानमा आगामी उपनिर्वाचनको माहोल तातेको छ । चुनावी सरगर्मी बढेसँगै उम्मेदवारहरु भोट माग्न व्यस्त छन् ।

घरदैलो गर्दै मतदातालाई आफ्नो पक्षमा पार्न उम्मेदवार सक्रिय रहेका हुन् । मतदाता रिझाउँदै गाउँ–गाउँ, बस्ती–बस्ती र कृषकका खेतबारीमा पुगिरहेका छन् । उम्मेदवार तथा नेता कार्यकर्ताले प्रचार सामग्रीसहित खेतमै पुगेर भोट माग्ने गरेका हुन् ।

ग्रामथान किसानहरुको बसोबास बढी भएको पालिका हो । कामको मुख्य याम भएकाले यतिबेला कृषकलाई पाकेको धान थन्क्याउन भ्याइ नभ्याइ छ । आआफ्नो एजेन्डासहित उम्मेदवारहरु खेतमै पुगेर भोट मागिरहेका छन् ।

मतदातामाझ आफूलाई जिताउन आग्रह गर्छन् । अरु उम्मेदवारजस्तै नेकपा (एमाले)बाट गाउँपालिकाको अध्यक्षका उम्मेदवार तुलसीराम विश्वास पनि मत माग्न व्यस्त छन् । उनी एमाले ग्रामथानको उपाध्यक्षसमेत हुन् ।

विश्वासले चुनाव लक्षित घरदैलोलाई तीव्र पारेका छन् । मतदाताको घरदैलो तथा खेतमै पुगेर भोट मागिरहेको भेटिन्छन् । ‘चुनाव आइसकेकाले घरदैलोमा व्यस्त छु । हाम्रो गाउँपालिकामा कृषि पेशामा आवद्ध भएकाहरुको बसोबास धेरै छ,’ विश्वासले भने, ‘कामको पनि सिजन भएकाले अधिकांश मतदाता खेतबारीमै भेटिन्छन् । आफ्नो एजेन्डासहित खेतमै पुगेर भोट माग्ने गरेको छु । मतदातालाई विश्वासमा लिइरहेको छु ।’

चुनावी अभियानका क्रममा आफूले मतदाताको समस्या नजिकबाट नियाल्न पाएको उनले सुनाए । ‘यहाँका कृषकले सधैं बिउ, मलदेखि सिँचाइसम्मका समस्या भोगिरहेका छन् । शिक्षादेखि स्वास्थ्यका समस्या त छँदै छन् । मैले चुनाव जितेपछि सबै समस्याको समाधान गर्नेगरी काम गर्छु । नयाँ ढंगले जनताका पक्षमा काम गर्ने योजना बनाएको छु । कृषकको पीडा मैले नजिकबाट बुझेको छु,’ विश्वासले भने ।

उनले नियमित विकास निर्माणसँगै कृषि, स्वास्थ्य र शिक्षालाई प्राथमिकता दिएर काम गर्ने बताए । ग्रामथानमा मतदाताहरुको घरदैलोमा रहेका विश्वासले किसानको छोरा भएका कारणपनि यहाँको कृषकहरुको समस्याका विषयमा जानकार रहेको भन्दै विभिन्न प्रतिबद्धता जनाइरहेका हुन् ।

बालबालिकाहरुले गुणस्तरीय शिक्षा पाएमात्रै ग्रामथानको विकास हुने भन्दै यसमा गाउँपालिकाले ध्यान दिने उनको भनाइ छ । आगामी मंसिर १६ मा अध्यक्ष पदमा हुन लागेको उपचुनावका लागि एमालेले प्रचार प्रसार र घरदैलो अभियानलाई तीव्र पारेको छ ।

एमालेका केन्द्रीय सदस्य एवं मोरङ इन्चार्ज जीवन घिमिरेलगायतका नेताहरु पार्टीका उम्मेदवारलाई जिताउन कम्मर कसेर लागेका छन् । केन्द्रीय नेताहरुसहितको टोली दैनिक घरदैलो अभियानमा रहेको घिमिरेले बताए ।

ग्रामथानको अध्यक्षका लागि एमालेबाट तुलसीराम विश्वास, नेपाली कांग्रेसबाट बलराम सरदार, नेकपा (माओवादी केन्द्र)बाट नमोनारायण माझी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट दिनेशकुमार थन्दार (दिवेश), नेकपा (एकीकृत समाजवादी)बाट दिलबहादुर विक र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट नवीनकुमार विश्वास उम्मेदवार छन् । उनीहरु आआफ्नो एजेन्डासहित चुनावी मैदानमा होमिएका छन् ।

उनीहरु सबै ग्रामथानमा भिजेका उम्मेदवारहरु हुन् । उम्मेदवार विकास निर्माण, भ्रष्टाचारको अन्त्य, शैक्षिक र स्वास्थ्य क्षेत्रको उन्नयन, खानेपानी, पूर्वाधारदेखि लघुवित्तका समस्या समाधानलगायतका एजेन्डा लिएर मतदातामाझ गइरहेका छन् । सबै उम्मेदवारले गाउँका समस्या समाधान गर्ने प्रतिबद्धता जनाइरहेका हुन् ।

किसानको व्यस्त समयका बाबजुद उनीहरु खेतमै पुगेर मत मागिरहेका छन् । फकाएर मतदातालाई आफ्नो पक्षमा पार्ने ध्याउन्नमा उनीहरु केन्द्रित भएका हुन् । जसरी पनि चुनावको नतिजा आफ्नो पक्षा पार्न कम्मर कसेर लागेका छन् ।

२०७९ सालमा ग्रामथान गाउँपालिकाको अध्यक्षमा कांग्रेसका जयप्रकाश गच्छदार निर्वाचित भएका थिए । गत असार ३ गते उनको निधन भएसँगै ग्रामथानमा मंसिर १६ गते उपनिर्वाचन हुन लागेको हो ।

 

तपाइको प्रतिक्रिया
प्रधानमन्त्री शाहको भारत भ्रमण राजकीय हुने तयारी
बाढीपछिको पुनर्निर्माणमा एडिबीको सहयोग बढाउन नेपालको आग्रह
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.