मोरङको ग्रामथानमा राप्रपाका थन्दारले गराए मनोनयन दर्ता

Share this
684shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ मंसिर २, आइतबार १२:०१

विराटनगर । मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का दिनेशकुमार (दिवेश) थन्दार मनोनयन दर्ता गराएका छन् ।

केन्द्रीय नेताहरु प्रल्हाद साह, दिनेश साहलगायतका नेता कार्यकर्तासहित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले उम्मेदवारी दर्ता गराएका हुन् । बिहान ११ः३० बजे उम्मेदवारी दर्ता गराएर राप्रपाको टोली निस्किएको छ ।

ग्रामथानमा राप्रपाका थन्दार मनोनयन दर्ता गराउने पहिलो उम्मेदवार बनेका छन् । मोरङको ग्रामथानमा अध्यक्ष पदका लागि आगामी मंसिर १६ गते उपनिर्वाचन हुँदै छ । अध्यक्ष पदको मनोनयन दर्ताका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयले राजनीतिक दलहरुलाई अलगअलग समय दिएको छ ।

सहायक निर्वाचन अधिकृत रामराज पौडेलका अनुसार मनोनयन दर्ताका लागि जनमत पार्टीका लागि १०ः३० बजे , राप्रपालाई ११ बजे, नागरिक उन्मुक्ति पार्टी (नाउपा)लाई ११ः३० बजे, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई १२ बजे तथा मंगोल नेशनल अर्गनाइजेसनलाई १२ः३० बजेको समय दिइएको छ । उम्मेदवारी दर्ताका लागि नेकपा (एमाले)लाई १ बजे, नेपाली कांग्रेसलाई २ बजे, नेकपा (माओवादी केन्द्र)लाई २ः३० बजे, नेकपा (एकीकृत समाजवादी)लाई ३ बजे र समावेशी समाजवादी पार्टीलाई ४ बजेको सय तोकिएको पौडेलले बताए ।

दलका लागि निर्धारण गरिएकोबाहेक अन्य समयमा अन्य राजनीतिक दल र स्वतन्त्र उम्मेदवारको मनोनयन दर्ता गरिने उनको भनाइ छ । ग्रामथानको अध्यक्षमा एमालेले तुलसीराम विश्वास, कांग्रेसले बलराम सरदार, माओवादीले नमोनारायण माझी, एकीकृत समाजवादीले दिलबहादुर विश्वकर्मा, रास्वपाले नवीनकुमार विश्वास र राप्रपाले दिनेशकुमार (दिवेश) थन्दारलाई उम्मेदवार बनाएका छन् ।

ग्रामथानमा २६ हजार ४४ मतदाता छन् । यसअघि २०७९ मा कांग्रेसका जयप्रकाश गच्छदार अध्यक्ष निर्वाचित भएका थिए । उनको गत असार ३ गते निधन भयो । उनको निधनसँगै रिक्त भएको पदमा उपनिर्वाचन हुन लागेको हो ।

तपाइको प्रतिक्रिया
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.