पूर्वसभामुख एवं वरिष्ठ अधिवक्ता दमननाथ ढुंगानाको निधन

Share this
712shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ मंसिर २, आइतबार १५:५०

काठमाडौं । पूर्वसभामुख एवं वरिष्ठ अधिवक्ता दमननाथ ढुंगानाको आइतबार दिउँसो निधन भएको छ ।

उपचारका क्रममा काठमाडौंको फ्रन्टलाइन अस्पतालमा दिउँसो २ बजेतिर उनको निधन भएको हो । ८३ वर्षीय ढुंगाना लामो समयदेखि कलेजो सम्बन्धी समस्याबाट पीडित थिए ।

२०४८ सालदेखि २०५१ सम्म सभामुख भएका उनी वरिष्ठ अधिवक्ता (कानुन व्यवसायी)समेत हुन् । तत्कालीन विद्रोही माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन उनको महत्वपूर्ण भूमिका छ । ढुंगाना सरकार–माओवादी शान्ति वार्ताका सहजकर्ता थिए ।

पञ्चायतकालमा विद्यार्थी संगठन बनाएर राजनीतिक यात्रा सुरु गरेका उनी राजनीतिकर्मीसँगै वरिष्ठ अधिवक्ता, मानवअधिकारवादी र नागरिक अगुवा भनेर चिनिन्थे । ढुंगाना २०२८ सालमा नेपाल बार एसोसियसनको महासचिवसमेत भएका थिए । पत्रकारिता र शिक्षण पेसामा पनि लगेका थिए ।

नेपाली कांग्रेसका उनी पहिलोपटक २०४८ सालमा काठमाडौंबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । ढुंगाना २०४८  असार ९ देखि २०५१ असोज १५ गतेसम्म सभामुखको जिम्मेवारीमा थिए । २०५१ सालको मध्यावधि निर्वाचनमा भने नेकपा (एमाले)की विद्यादेवी भण्डारीसँग पराजित भएका थिए ।

तपाइको प्रतिक्रिया
प्रधानमन्त्री शाहको भारत भ्रमण राजकीय हुने तयारी
बाढीपछिको पुनर्निर्माणमा एडिबीको सहयोग बढाउन नेपालको आग्रह
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.