
काठमाडौं । पूर्वसभामुख एवं वरिष्ठ अधिवक्ता दमननाथ ढुंगानाको भोलि (सोमबार) अन्त्येष्टि गरिने भएको छ । उनको आइतबार निधन भएको हो ।
बेलायतमा रहेका छोरा फर्किन समय लाग्ने भएकाले सोमबार दिउँसो १२ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले बतायो । उनका छोरा डा. निमेष ढुंगाना म्यानचेस्टर युनिभर्सिटीमा अध्यापन गर्छन् ।
ढुंगानाका अर्का छोरा निशेष र छोरी नीतिका भने नेपालमै छन् । उनको शव आइतबार त्रिवि शिक्षण अस्पतालमा राखिने भएको छ । पारिवारिक स्रोतका अनुसार नेपाली कांग्रेस, संघीय संसद सचिवालय र नेपाल बार एसोसिएसनमा ढुंगानालाई अन्तिम श्रद्धाञ्जली दिन प्रस्ताव आए पनि राखिने छैन ।

























