भोजपुरका युवा विराटनगरबाट पक्राउ

Share this
795shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ मंसिर ३, सोमबार ११:१८
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ

विराटनगर । भोजपुर घर भएका एक जना युवा विराटनगरबाट आइतबार दिउँसो पक्राउ परेका छन् ।

रामप्रसाद राई गाउँपालिका–४ का ३६ वर्षीय विनोद विक दिउँसो २ बजेतिर पक्राउ परेका हुन् । उनलाई विराटनगर महानगरपालिका–१५ स्थित दुई नम्बर ढाटबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

भारतको जोगवनीबाट लागुऔषध खरिद गरेर पैदल नै नेपाल छिरेका उनलाई पक्राउ गरेर इलाका प्रहरी कार्यालय रानीको हिरासतमा राखिएको छ । विकको साथबाट लागुऔषध फेनारगन, डाइजेपाम र लुपिजेसिक १५/१५ एम्पुल बरामद भएको जानकारी प्रहरीले दिएको छ ।

विकविरुद्ध लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउने प्रहरीको तयारी छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.