दुर्गा प्रसाईंलाई हिरासतमा राख्न अनुमति

Share this
689shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ मंसिर ५, बुधबार १३:३८

काठमाडौं । भक्तपुरस्थित निवासबाट पक्राउ परेका विवादास्पद छविका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

उनी मंगलबार पक्राउ परेका थिए । जिल्ला अदालत काठमाडौंले हिरासतमा राखेर प्रसाईंमाथि अनुसन्धान अघि बढाउन प्रहरीलाई ५ दिनको समय दिएको हो ।

त्यो अवधिमा अनुसन्धान नसकिए पुनः म्याद थप हुने छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईजी)का प्रवक्ता एसपी होविन्द्र बोगटीले अनुसन्धानका लागि अदालतबाट पहिलोपटक म्याद लिइएको जानकारी दिए ।

‘फेक डकुमेन्ट’ बनाएर सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अफवाह फैलाउने काम गरेको भन्दै उनलाई प्रहरीले पक्राउ गरेको हो । प्रसाईंविरुद्ध साइबर क्राइम (विद्युतीय कारोबार ऐन) र किर्तेलगायतका मुद्दामा अनुसन्धान अघि बढाउने प्रहरीको तयारी छ ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.