
काठमाडौं । विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंको बलमा प्रधानमन्त्री केपी शर्मा ओलीको ‘फेक सामग्री’ प्रसारण गर्ने युट्युबहरु कारबाहीमा परेका छन् ।
प्रसाईंले सार्वजनिक गरेको सामग्री प्रसारण गर्ने १२ वटा च्यानल कारबाहीमा परेका हुन् । कम्बोडियाको एक टेलिकम कम्पनीमा प्रधानमन्त्री ओलीले करोडौं लगानी गरेको भन्दै प्रसाईंले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका थिए ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का अनुसार ‘फेक सामग्री’ प्रसाईंको फेसवुक एकाउन्ट र अपडेट सेरोफेरोबाट पनि सार्वजनिक गरिएको थियो । प्रसारण गर्नेमध्ये ३ वटा च्यानल बिना दर्ता सञ्चालन भइरहेको पाइएको प्रहरीले जनाएको छ ।
ती युट्युबका सञ्चालकलाई कारबाही गर्न प्रेस काउन्सिलले प्रहरीको साइबर ब्युरोलाई पत्राचार गरेको छ । तर, प्रहरीको प्रारम्भिक अनुसन्धानबाट प्रधानमन्त्रीविरुद्धको सामग्री फर्जी रहेको देखिएको छ । प्रसाईंलाई हिरासतमा राखेर प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

























