दुर्गा प्रसाईंलाई थप ५ दिन हिरासतमा राख्न अनुमति

Share this
846shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ मंसिर ९, आइतबार १८:११

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अफवाह फैलाएको आरोपमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप ५ दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ ।

प्रसाईंलाई म्याद थपका लागि आइतबार दोस्रोपटक अदालत उपस्थित गराइएको थियो । न्यायाधीश कमला पौडेलको इजलासले हिरासतमा राखेर मुद्दाको अनुसन्धान अघि बढाउन प्रहरीलाई थप ५ दिनको समय दिएको हो ।

प्रहरीले प्रसाईंमाथि विद्युतीय कारोबार ऐनलगायतका ५ वटा कसुरमा अनुसन्धान गरिरहेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.