मध्यराति ३ सय केजी गाँजा बोकेको गाडी प्रहरी नियन्त्रणमा

Share this
744shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ मंसिर ११, मंगलबार ०९:४९

धरान । सोमबार राति सुनसरीको तरहरा जंगलबार प्रहरी लागुऔषध गाँजासहित एउटा गाडी नियन्त्रणमा लिएको छ ।

धनकुटाबाट गाँजा बोकेर आएको गाडीलाई धरानमा राति चेक गर्न खोज्दा नरोकी तीव्र गतिमा गाडी भएपछि पछ्याउने क्रममा तरहरा जंगलबाट गाँजसहित गाडी नियन्त्रणमा लिइएको सुनसरी प्रहरी प्रमुख एसपी सुमनकुमार तिम्सिनाले जानकारी दिए ।

उनका अनुसार सोमबार राति धनकुटाको छिन्ताङबाट गाँजा लोड गरेर धरानतर्फ आउँदै गरेको को १ च ७६८९ नम्बरको गाडी इलाका प्रहरी कार्यालय धरानको टोलीले तरहरा जंगलबाट पक्राउ गरेको हो ।

धरानमा पक्राउ गर्न खोज्दा तीब्र गतिमा रहेको गाडी नरोक्न नसकेपछि पछ्याउने क्रममा तरहरा जंगलमा पक्राउ गरेको बताउँदै, एसपी तिम्सिनाले भने, ‘गाडीलाई ओभरटेक गरेर छेकेपछि गाडी चालक जंगलतर्फ भागेका कारण पक्राउ गर्न नसकिएन ।’

उक्त गाडीभित्र कालो प्लाष्टिकभित्र राखेको ३ सय केजी रहेको १० पोका गाँजा प्रहरीले बरामद गरेको छ ।

एसपी तिम्सिनाले गाँजा ओसारपसार गर्ने चालकको पहिचान भइसकेकाले उनको खोजी कार्य भइरहेको र बरामद गरिएको गाँजा र गाडी आवश्यक कारबाहीका लागि ईलाका प्रहरी कार्यालय इटहरीमा राखिएको बताए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.