
सुनसरी । सुनसरीको कोशी गाउँपालिका–१ लौकही बजारबाट नक्कली नोटसहित प्रहरीले २ जनालाई पक्राउ गरेको छ । सोमबार राति पक्राउ पर्नेमा १ जना भारतीय नागरिक छन् ।
भारत बिहारका ३१ वर्षीय रामनाथ राय र मोरङको सुन्दरहरैँचा नगरपालिकाका २० वर्षीय सन्देश उराउलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनीहरुको साथबाट १ हजार दरका ४ वटा नक्कली नोट बरामद भएको छ ।
लौकही बजारको मनिष किराना पसलमा सामान किन्ने क्रममा उनीहरु पक्राउ परेका हुन् । राय र उराउमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

























