कोशीमा सर्वाेत्कृष्ट सेवा प्रदान गर्ने अस्पताल बन्यो विराट मेडिकल कलेज

Share this
636shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ मंसिर ११, मंगलबार १७:५८

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिकामा रहेको विराट मेडिकल शिक्षण अस्पताललाई सरकारले सम्मान गरेको छ ।

नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आज काठमाडौंमा आयोजित कार्यक्रममा विराट अस्पताल सम्मानित भएको हो ।

आर्थिक वर्ष २०८०–०८१ मा कोशी प्रदेशका सेवा प्रवाह गर्ने स्वास्थ्य संस्थाहरु मध्येबाट उत्कृष्ट र सबैभन्दा बढी सेवा प्रवाह गरेको भन्दै विराट मेडिकल शिक्षण अस्पताललाई सम्मान प्रदान गरेको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय सामाजिक सुरक्षा कोषले ७ औं सामाजिक सुरक्षा दिवसको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले विराट मेडिकल शिक्षण अस्पतालका सिईओ डिनिस कार्कीलाई सम्मानपत्र प्रदान गरे ।

सामाजिक सुरक्षा कोषमा सूचिकृत भई आर्थिक वर्ष २०८०–०८१ मा योगदानकर्तालाई निरन्तर स्वास्थ्य सेवा प्रवाह गर्ने सेवा प्रदायक स्वास्थ्य संस्थाहरु मध्ये विराट उत्कृष्ट बनेको हो ।

तपाइको प्रतिक्रिया
अब व्यवहार बदल्ने बेला
बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणका लागि साढे ५ खर्ब बजेट सिफारिस
कांग्रेसको संकल्प : चुनावअघि गठबन्धन नगर्ने, रुख चिह्नमै एक्लै प्रतिस्पर्धा
गगन थापाको ४६ पृष्ठे प्रतिवेदनमा कांग्रेस बदल्ने प्रस्ताव (पूर्णपाठसहित)
अत्यावश्यकबाहेक भोटेकोशी–त्रिशूलीमा खोज तथा उद्धार स्थगित
कांग्रेसमा डिजिटल सदस्यतादेखि प्राइमरीसम्म, संगठन सुधारको नयाँ खाका
मोरङको जहदाबाट ८४ किलो बढी गाँजा बरामद
सुरु भयो कांग्रेस महाधिवेशनको बन्द सत्र, तीन छुट्टाछुट्टै हलमा छलफल
कांग्रेस विधानमा व्यापक फेरबदलको प्रस्ताव
प्रहरीको काम कारबाही नागरिकले रेकर्ड गर्न पाउनुपर्ने मागमा सर्वोच्चद्वारा कारण देखाऊ आदेश
सर्वोच्चमा न्यायाधीश छनोट गर्न न्याय परिषद् बैठक बस्दै
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×