
काठमाडौं । विद्युतीय कारोबार ऐन (साइबर अपराध)को मुद्दामा अनुसन्धान जारी रहेका विवादास्पद छविका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले थप ५ दिन हिरासतमा बस्नुपर्ने भएको छ ।
प्रसाईंलाई थप ५ दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको हो । अदालतको अनुमतिसँगै अब प्रसाईंलाई थप ५ दिन हिरासतमा राखेर प्रहरीले अनुसन्धान गर्न पाउने छ ।
उनीमाथि थप अनुसन्धान गर्नुपर्ने भए अदालतले अनुमति दिने छ । प्रसाईंको स्वास्थ्य उपचार गराउन सर्वोच्च अदालतले निर्देशनात्मक आदेश जारी गरेको थियो । उक्त आदेशका आधारमा उनी ललितपुरको हरिसिद्धीस्थित नेपाल क्यान्सर अस्पतालमा भर्ना भएका छन् ।

























