‘बेटिङ’ गरेको आरोपमा ४ जना भारतीय नागरिक पक्राउ

Share this
718shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ मंसिर १८, मंगलबार १५:३४
लेटाङमा महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा ‘बेटिङ’ गरेको आरोपमा प्रहरीले ४ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

कीर्तिपुरस्थित टियूको क्रिकेट खेल मैदानमा भइरहेको एनपीएल प्रतियोगितामा बेटिङ (सट्टेबाज)गराएको आरोपमा भारत बिहारका ४ जना पक्राउ गरेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का प्रवक्ता एवं प्रहरी उपरिक्षक होबिन्द्र बागटीले जानकारी दिए ।

उनका अनुसार पक्राउ पर्नेमा भारतीय नागरिकहरु २४ वर्षीय सुमन भोज, २५ वर्षीय अमित यादव, २४ वर्षीय सुमन कुमार र २५ वर्षीय ब्रजेस कुमार छन् ।

सुमन भोज र अमित यादव सोमबार पक्राउ परेका थिए । सुमन कुमार तथा ब्रजेस कुमारलाई आज पक्राउ गरिएको र उनीहरुविरुद्ध सट्टेबाजी गर्न नहुने कसुरमा म्याद थपका लागि अदालत लगिएको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.