दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अनुमति

Share this
656shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ मंसिर १८, मंगलबार १७:३८

काठमाडौं । विवादास्पद छविका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

जिल्ला अदालत काठमाडौंले साइबर अपराधमा पक्राउ परेका प्रसाईंमाथि थप अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो । प्रसाईं मंसिर ५ गते भक्तपुरस्थित निवासबाट पक्राउ परेका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध झुटो र भ्रामक प्रचार गरेको आरोपमा उनीमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ । किर्ते कागजात देखाएर प्रधानमन्त्री ओलीको कम्बोडियास्थित स्मार्ट एक्जिएटा टेलिकम कम्पनीमा लगानी रहेको भ्रम प्रसाईंले फैलाएका थिए ।

प्रसाईंले सुनियोजित रूपमा नै नक्कली कागजात भेला गरेको र भ्रम फैलाउन सामाजिक सञ्जालमा सार्वजनिक गरेको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार सबै कागत किर्ते हुन्।

प्रसाईंमाथि विद्युतीय कारोबार ऐनअन्तर्गतको मुद्दामा प्रहरीले अनुसन्धान गरिरहेको छ । त्यसअघि पनि विद्युतीय कारोबार ऐनअन्तर्गतको मुद्दा चलेको थियो । अदालतले तोकेको १ लाख रूपौँ धरौटी बुझाएर असोज १५ गते उनी छुटेका थिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.