सुनसरीबाट गाँजा बोकेको ट्रकसहित ४ जना पक्राउ

Share this
723shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ मंसिर १८, मंगलबार १७:५६

सुनसरी । पूर्व पश्चिम राजमार्गअन्तर्गत सुनसरीको हरिपुरबाट गाँजा बोकेको ट्रकसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

कोशी गाउँपालिका–७ हरिपुरबाट गाँजा बोकेको ट्रकसहित पक्राउ परेका ४ जना कारोबारीलाई मंगलबार सुनसरी प्रहरीले सार्वजनिक गरेको छ ।

प्रदेश १–०२–००२ ख ०४१४ नम्बरको ट्रकको पछाडिको भागमा कालो त्रिपालले छोपिएको अवस्था गाँजा बरामद भएको सुनसरीका प्रहरी प्रमुख एसपी सुमनकुमार तिम्सिनाले जानकारी दिए ।

ट्रक धनीसमेत रहेका चालक धनकुटाको शहिदभूमि गाउँपालिका–४ का ३० वर्षीय जयप्रकाश राई, भोजपुरको पौवादुम्बा गाउँपालिका–६ को २२ वर्षीय समिर राई, सुनसरीको कोशी गाउँपालिकाको २५ वर्षीय भक्ति भन्ने बिहारी मुखिया र २२ वर्षीय रुपेश यादवलाई पक्राउ गरेको एसपी तिम्सिनाले बताए ।

उनका अनुसार ट्रकको पछाडिको भागमा ११ वटा बोरामा लुकाइराखेको ३ सय ४० केजी गाँजा बरामद भएको हो ।

चेकजाँच गर्ने क्रममा चालक राई ट्रक छाडेर भागेपछि ट्रकको नम्बरका आधारमा यातायात कार्यालयको सहयोगमा पक्राउ परेका हुन् ।

पक्राउ परेका ४ जना अदालतबाट म्याद थप गरेर अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.