एनपीएलमा सट्टेबाजी गराउने थप तीनजना पक्राउ

Share this
734shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ मंसिर २०, बिहीबार १२:१२
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ

काठमाडौं । काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)मा सट्टेबाजी गराउने थप तीन जना पक्राउ परेका छन् ।

उनीहरुलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको हो । कीर्तिपुर मैदानबाट उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरुको विवरण प्रहरीले सार्वजनिक गरिसकेको छैन । यसअघि एनपीएलमा सट्टेबाजी गराएको आरोपमा चार जना भारतीय नागरिक पक्राउ परेका थिए ।

एनपीएल सट्टेबाजीमा पक्राउ पर्नेको संख्या ७ पुगेको छ । पक्राउ परेकाहरुविरुद्ध सट्टेबाजी खेलाउन नहुने कसुरमा प्रहरीले अनुसन्धान थालेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.