स्पासपेन १०११ सहित एक जना पक्राउ, साढे ३५ किलो गाँजा बरामद

Share this
629shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ मंसिर २१, शुक्रबार १६:१८
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ

विराटनगर । सुनसरीको धरानबाट स्पासपेन १ हजार ११ ट्याब्लेटसहित एक जना पक्राउ परेका छन् ।

धरान उपमहानगरपालिका–८ का ४४ वर्षीय चक्रबहादुर मोते बिहीबार साँझ पक्राउ परेका हुन् । मोतेको साथबाट नियन्त्रित औषधि स्पासपेन १ हजार ११ ट्याब्लेट बरामद भएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

त्यस्तै, सुनसरीको बर्जु गाउँपालिका–६ मा बेवारिसे अवस्थामा रहेको अटो टेम्पोबाट साढे ३५ किलोग्राम गाँजा बरामद भएको छ । अटोभित्र प्लाष्टिकमा राखिएको अवस्थामा गाँजा फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीले अटोसहित गाँजा नियन्त्रणमा लिएको छ । अटो कसको हो भन्ने खुल्न बाँकी रहेको जानकारी प्रहरीले जनाएको छ । प्रहरीले थप अनुसन्धान सुरु गरेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.