दुहबीमा मृत अवस्था पुरुषको शव फेला

Share this
684shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ पुस १, सोमबार १४:५१

सुनसरी । सुनसरीको दुहबी–३ स्थित पानी बग्ने नालामा डुबेको अवस्थामा एक जना पुरुषको शव फेला परेको छ ।

दुहबी नगरपालिका–३ स्थित प्रभात फुड प्रोडक्ट उद्योग नजिकै रहेको नालामा शुक्रबार एक जना पुरुष डुबेको अवस्था भेटिएको सुनसरी प्रहरीले जनाएको छ ।

मोरङको बुढीगंगा गाउँपालिका–७ घर भइ प्रभात फुड उद्योगमा काम गर्ने ३५ वर्षीय शिवु उरावको शव फेला परेको सुनसरी प्रहरीका प्रवक्ता डीएसपी रामप्रसाद तिम्सिनाले जानकारी दिए ।

उनका अनुसार उराव बग्ने पानी डुबेको अवस्था भेटिएको र धरानस्थित बिपी कोइराला स्वास्थ्य प्रतिष्ठानबाट फरेन्सिक विज्ञ डाक्टरसमेत घटनास्थलमा ल्याएर अनुसन्धान गरिएको थियो ।

शुवलाई पोस्टमार्टमका लागि धरान लगिएको थियो । पोस्टमार्टमको रिपोर्ट आउन बाँकी रहे पनि घटनाका सम्बन्धमा इलाका प्रहरी कार्यालय दुहबीले थप अनुसन्धान गरिरहेको छ ।

घटनाको विभिन्न तवरबाट अनुसन्धान भइरहेको हुँदा प्रहरीले गर्ने अनुसन्धान र पोस्टमार्टमको रिर्पोटले थप कुरा खुल्ने प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.