राखेप कर्मचारी संघमा ५ सदस्य मनोनित

Share this
723shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ पुस २, मंगलबार १९:३७

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)कर्मचारी संघले केन्द्रीय कार्यसमितिमा ५ कर्मचारीलाई सदस्यमा मनोनित गरेको छ ।

संघकी अध्यक्ष सरस्वती केसी भण्डारीको अध्यक्षतामा बसेको बैठकले ३ स्थायी र २ करार गरी ५ कर्मचारीलाई सदस्यमा मनोनित गरेको संघका महासचिव कुमार बस्नेतले जनाएका छन् ।

स्थायीतर्फ गण्डकी प्रदेशबाट डम्बरबहादुर नेपाली, कर्णाली प्रदेशबाट राम ओली र केन्द्र (राखेप)बाट अमृता घिमिरेलाई मनोनित गरियो । करारतर्फ नारायणहरि थापा र रामकुमार थारु मनोनित भए ।

महासचिव बस्नेतका अनुसार कर्मचारी संघमा करार कर्मचारीलाई पहिलोपटक केन्द्रीय कार्यसमितिमा समावेश गरिएको हो ।

५ सदस्यको मनोनयनसँगै केन्द्रीय कार्यसमितिले पूर्णता पनि पाएको छ । केन्द्रीय कार्यसमिति ३५ सदस्यीय रहने प्रावधान छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.