भक्तपुरमा चक्कु प्रहार गरी बाबुले गरे छोराको हत्या

Share this
752shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ पुस ३, बुधबार ११:२३

काठमाडौं । भक्तपुरमा घरायसी विवादको क्रममा बुबाले चक्कु प्रहार गरी छोराको हत्या गरेका छन् ।

गएराति भक्तपुर नगरपालिका-२ सहिद स्मृति खेल मैदान नजिकै अछाम कमलनगर नगरपालिका-६ हात्तिबाचका वर्ष ३१ का नरेन्द्र बहादुर शाहीलाई बुबा ६३ वर्षीय दीप बहादुर शाहीले तरकारी काट्ने चक्कुले प्रहार गर्दा गम्भीर घाइते भएका थिए ।

नरेन्द्रको उपचारको क्रममा भक्तपुर अस्पतालमा गएराति नै मृत्यु भएको हो । उनको शव पोष्मार्टमको लागि काठमाडौँ मेडिकल कलेज दुवाकोटमा राखिएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

मृतकका बुबा दीप बहादुरलाई नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको भक्तपुर प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.