विराटनगरमा साबुन–सर्फको नक्कली ब्राण्ड

Share this
725shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ पुष ४, बिहीबार १८:४९

विराटनगर । भारतका नाम चालेका लुगाधुने सर्फ र स्वदेशी उत्पादन लुगाधुने साबुनको नक्कली प्याकेजिङ बजारमा फेला परेको छ ।

विभिन्न ब्राण्डका सर्फ र साबुन नक्कली प्याकेजिङ गरेर सुनसरी र मोरङका बजारका पसल र हाटबजारमा खुलमखुला बिक्रीवितरण गर्दै गरेको अवस्थामा सक्कली सर्फका प्रतिनिधिहरुले उनीहरुलाई प्रशासनको जिम्मा लगाएका छन् ।

Advertisement

विराटनगर–५ स्थित युनिक लिकुइड सोप एण्ड डिटरजेन्ट प्रोडक्ट्सले एउटा घर गोदाममा लिगमा (बाहाल)मा लिएर भारतका नाम चलेको यूनिक फेना, डाक्टर वाइट, पतञ्जली, टाइडलगायतका सर्फको पूरै मिल्ने रंग, लोगोलगायत नक्कली प्याकेट बनाएर बजार बिक्रीवितरण गर्ने गरेको खुलेको छ ।

भारतबाट आयात हुने फेनासँग मिल्ने प्याकेजिङमा यूनिक फेना र पतञ्जलीको पातजली, डीआर वाइटलगायत बिक्री गरिँदै आएको पाइएको हो । बजारमा बिक्री गर्न लगिएका सर्फ र साबुनको बाहिरी खोली नक्कली भए पनि सामानको गुणस्तर जाँच भएको छैन । नक्कली प्याकिङमा सर्फ र साबुन बिक्री भइरहेको छ भन्ने सूचनाका आधारमा जिल्ला प्रशासन कार्यालय मोरङको अनुगमन टोलीले सिटीसफारीमा राखेर बिक्री गर्न लगिएको सम्पूर्ण सामान जफत गरेर थप अनुसन्धानका लागि प्रशासन कार्यालय लगेको छ ।

यूनिकले कहाँबाट कस्तो गुणस्तरको सर्फ र साबुन ल्याएर प्याके गरेको भन्ने खुलेको छैन । अनुगमन टोलीले यूनिकका सञ्चालक मनोज यादवलाई फोन सम्पर्क गर्दा कहिले सुनसरीको इनरुवा त कहिले झापातिर गएको भनेर प्रत्यक्ष सम्पर्कमा आएनन् । । सर्फ मात्रै नभई धोनी साबुनको समेत ब्राण्ड चोरी भएको छ । धोनीको उस्तै प्याकेजिङमा धोबी साबुन बिक्री हुने गरेको पाइएको छ ।

यूनिका सञ्चालक यादवको घर सुनसरी छिटाह हो । यादव र अर्को नाम खुलेको दुई जनाको साझेदारीमा कम्पनी सञ्चालन गर्दै आएका थिए । जग्गाधनिका अनुसार दुई जनाले २ वर्षदेखि जग्गा र घर भाडा लिए उद्योग सञ्चालन गर्दै आएका हुन् ।

मोरङको बुढीगंगा–४ कुन्तादेवी केमिकल ट्रेडर्सले त्यहाँ उत्पादन गरिएको वस्तुको पसल पसलमा र हाटबजार लगेर बिक्री गर्ने गरेको कुन्तादेवीका बजार प्रतिनिधिले बताए । उनले भारतीय कम्पनीसँग मिल्दो नामको सामान यूनिकसँग लिएर आफूले बिक्रीवितरण गर्ने गरेको अनुगमन टोलीलाई बताए ।

भारतबाट फेना सर्फ विराटनगरस्थित श्रीकृण्ण ट्रेडर्सले बिक्रीवितरण गर्दै आएको यसका प्रतिनिधि अरुण जैनका अनुसार फेनाको एक केजीको मूल्य १२५ रुपैयाँ छ । यूनिक फेनाले उस्तै प्याकेजिङमा १३० मूल्य राखेर बजारमा बिक्री वतरण गर्दै आएको छ ।

कुन्तादेवी केमिकल ट्रेडर्सले विभिन्न पसलका नाममा काटेको बिल बुक पनि मनमोजी तवरबाट काटेको देखिन्छ । बिलको सिरियल नम्बर अनुसार मिति हुनुपर्नेमा तलमाथि पारेर काटिएको छ । कन्तादेवीले ७५ हजार रुपैयाँभन्दा बढीको एउटै बिल बनाएको छ ।

जिल्ला प्रशासन कार्यालय मोरङका नायवसुब्बा प्रमेश्वर भट्टराईले विराटनगर–१२ को एउटा पसलमा यहाँबाट प्याकिङ गरिएको साबुन र सर्फ नक्कली भन्ने सूचना प्राप्त भएपछि अनुगमनका क्रममा कैफियत भेटिएको छ । उद्योगधनीहरु सम्पर्कमा नआएको र फेला नपरेको हुँदा उद्योगमा सिलबन्दी गरेर थप अनुसन्धान अघि बढाएको भट्टराईले बताए ।

 भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्

तपाइको प्रतिक्रिया
मोरङ–६ कांग्रेस अधिवेशन स्थलमा झडप, मनोनयन प्रक्रिया प्रभावित
मोरङ कांग्रेसद्वारा क्षेत्रीय अधिवेशनमा भएको झडपको भर्त्सना, निष्पक्ष छानबिनको माग 
विकास निर्माणका समस्या समाधान गर्न कानुन संशोधनको तयारी
प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १६ अर्ब १५ करोड
व्यवसायीका समस्या र सार्वजनिक–निजी साझेदारीमा जोड: अध्यक्ष श्रेष्ठ
व्यवसायीका समस्या र सार्वजनिक–निजी साझेदारीमा जोड: अध्यक्ष श्रेष्ठ
बाढीपछि सम्पर्कविहीन न्यौपाने दम्पतीको अन्त्येष्टि गर्दै परिवार
बाढीपछि सम्पर्कविहीन न्यौपाने दम्पतीको अन्त्येष्टि गर्दै परिवार
सामाजिक सञ्जालको दुरुपयोग नियन्त्रण गर्न कानुनी सुधार हुँदै
सामाजिक सञ्जालको दुरुपयोग नियन्त्रण गर्न कानुनी सुधार हुँदै
भुटानी शरणार्थीका सन्तानलाई अमेरिका जाने अनुमति दिन सर्वोच्चको परमादेश
भुटानी शरणार्थीका सन्तानलाई अमेरिका जाने अनुमति दिन सर्वोच्चको परमादेश
लायन्स क्लब विराटनगर रेन्बोको स्थापना दिवसमा सामाजिक सेवा
लायन्स क्लब विराटनगर रेन्बोको स्थापना दिवसमा सामाजिक सेवा
पदकधारी कराँते खेलाडी स्वदेश फिर्ता
क्षतिग्रस्त जलविद्युत् आयोजना पुनःनिर्माणमा ३ खर्ब ९० अर्बसम्म लाग्ने
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×