
विराटनगर । पूर्व-पश्चिम राजमार्गकाे माेरङकाे सुन्दरहरैँचा- ७ खण्डमा ४ वटा सिलिन्डर बम फेला परेकाे छ । सुन्दरहरैँचा नगरपालिका– ७ मा स्थित मालती पुल नजिकै सडकमा गाडिएको अवस्थामा ४ वटा सिलिन्डर बम फेला परेकाे हाे ।
बमकाे सूचना आएपछि प्रहरीले आज बिहान ८ बजेदेखि यातायातका साधनलाई राेकेर सर्च गरेकाे थियाे ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी वेदप्रकाश जोशीका अनुसार नेपाली सेनाकाे टाेलीले बम नष्ट गर्ने तयारी गरिरहेकाे छ । राजमार्गमा गाडिएको अवस्थामा भेटिएको बम द्वन्द्वकाल कै भएकाे उनले बताए ।
आज बिहान जिल्ला प्रशासन कार्यालय मोरङमा सुन्दरहरैँचा– ७ को मालती पुल आसपास द्वन्द्वकालको बम रहेको सूचना आएको थियो ।
राजमार्ग बिस्तारको क्रममा उत्खनन गर्दा पड्किन सक्ने जोखिम रहेको भन्दै सूचना आएपछि नेपाली सेना र प्रहरीको टोलीले खोजी सुरु गरेको थियो ।
‘ खोजी गर्ने क्रममा जमिन मुनी गाडिएको अवस्थामा चार वटा सिलिन्डर बम फेला परेको छ, तार पनि छ,’ जोशीले भने,‘ यो बम द्वन्द्वकालकै हो, डिस्पोज गर्ने तयारी हुँदैछ ।’

























