मध्यरात काठमाडौं आइपुगे रवि, आज कानुन व्यवसायीसँग भेट्दै

Share this
677shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ पुस २७, शनिबार १३:१८

काठमाडौं । पूर्वगृहमन्त्री तथा रास्वपाका सभापति रवि लामिछाने काठमाडौं आइपुगेका छन् ।

सहकारी अपचलनसम्बन्धी मुद्दाको अनुसन्धानका निम्ति जिल्ला प्रहरी कार्यालय, कास्कीको हिरासतमा ८४ दिन बिताएका उनी बिहीबार ६५ लाख धरौटीमा रिहा भएका थिए ।

रिहा पछि स्थलमार्ग हुँदै उनी हिजो मध्यरात काठमाडौं आइपुगेको उनकी पत्नी निकिता पौडेलले जानकारी दिइन् ।

धरौटीमा रिहा भएपछि उनी पोखराकै लेकसाइटस्थित होटल बसुन्धरामा बसेका थिए ।

हिजो शुक्रबार स्थलमार्ग हुँदै मध्यरात काठमाडौं आइपुगेका उनी भोलि विहानै काठमाडौं जिल्ला अदालतमा हाजिर भई त्यहाँ दायर भएको मुद्दाको प्रक्रियामा सहभागी हुने पौडेलले बताइन् ।

‘आज कानुन व्यवसायी साथीहरूसँग सरसल्लाह गर्नुहुन्छ र भोलि अदालत जाने कुरा छ’ उनले भनिन् ।

काठमाडौं महानगरपालिका– १४ मा सञ्चालित स्वर्णलक्ष्मी वहुउद्देश्यीय सहकारी संस्थामा भएको रकम अपचलनसम्बन्धी मुद्दामा लामिछाने प्रतिवादी बनाइएका छन् ।

जिल्ला प्रहरी परिसर, काठमाडौंले पुस २१ गते लामिछानेसहित ३९ जनालाई प्रतिवादी बनाउँदै सोसम्बन्धी अनुसन्धान प्रतिवेदन सरकारी वकिलसमक्ष पेश गरिसकेको छ ।

भोलि रवि सोही मुद्दाको क्रममा अदालतमा हाजिर हुने तयारीमा छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.