यस वर्षको एसईई चैत ७ गतेदेखि

Share this
746shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ माघ १, मंगलबार ०७:३६

काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी चैत ७ गतेबाट हुने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले शैक्षिक सत्र २०८१ को एसईई परीक्षा तालिका मंगलबार बिहान सार्वजनिक गरेको छ । तालिका अनुसार चैत ७ गतेदेखि १९ गतेसम्म परीक्षा चल्ने छ । प्रत्येक दिन बिहान ८ बजेबाट ११ बजेसम्म एसईई सञ्चालन हुने छ ।

पहिलो दिन अनिवार्य अंग्रेजी, संस्कृतः वेदविद्याश्रमतर्फ– अनिवार्य संस्कृत रचना, अनिवार्य अंग्रेजी मदरसातर्फ – अनिवार्य अरेबिक भाषा अनिवार्य अंग्रेजी अनिवार्य संस्कृत भाषा र साहित्य (वेदविद्याश्रमतर्फ)को परीक्षा हुनेछ ।

परीक्षाको नतिजा भने २०८२ असार ६ गतेभित्र प्रकाशित गरिने कार्यतालिकामा उल्लेख छ । परीक्षार्थीको रजिस्ट्रेसन–परीक्षा आवेदन फाराम भर्दा फाराममा उल्लेख गरेको जन्ममिति र नाम थर संशोधन गर्नुपर्ने अवस्थामा सम्बन्धित विद्यालयले संशोधन गर्नुपर्ने विवरण २०८२ साल वैशाख मसान्तभित्रमा सम्बन्धित शिक्षा विकास तथा समन्वय इकाइमार्फत वा सिधै राष्ट्रिय परीक्षा बोर्डमा पठाउनु सकिने व्यवस्था गरिएको छ ।

तपाइको प्रतिक्रिया
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
थाइल्यान्डमा एक भवनमा भीषण आगलागी, ११ जनाको मृत्यु
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.