जिबी राईको राहदानी रद्द गर्न सरकारलाई अदालतको आदेश

Share this
751shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ माघ ४, शुक्रबार १७:४६

काठमाडौं । गोर्खा मिडिया नेटवर्कका अध्यक्ष गितेन्द्रबाबु राई (जिबी)को राहदानी रद्द गर्न शुक्रबार कास्की जिल्ला अदालतले सरकारलाई आदेश दिएको छ ।

राईको राहदानी रद्द गर्न राहदानी विभागलाई न्यायाधीश हिमाल बेलबासेको एकल इजलासले आदेश दिएको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको पूर्व व्यवसायिक साझेदारसमेत रहेका राईलाई देशका विभिन्न सहकारीमा ठगी गर्दै सर्वसाधारणको बचत रकम हिनामिना गरेको आरोप छ ।

उनी मलेसियामा छन् । राहदानी रद्द नभएकै कारण उनलाई मलेसियाबाट नेपाल ल्याउन नसकिएको बताइन्छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.