पूर्वमुख्यमन्त्री थापामाथि आक्रमण गर्नेलाई अभद्र व्यवहार मुद्दा 

Share this
703shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ माघ ६, आइतबार १८:४६

विराटनगर । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापालाई मुक्का प्रहरी गर्ने दुई जनालाई प्रहरीले अभद्र व्यवहार मुद्दामा म्याद थप गरेकाे छ ।

शनिबार बेलुका थापामाथि आक्रमण भएको थियो । उनलाई आक्रमण गर्ने  नेपाल विद्युत प्राधिकरणका चालक र एक  कर्मचारी हुन् । शनिबार पक्राउ परेकाहरूमाथि  अभद्र व्यवहार मुद्दामा तीन दिन म्याद थप गरेकाे जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी कृष्णकुमार चन्दले बताए ।

शनिबार बेलुका करिब साढे ६ बजे झापाको  सुरुङ्गामा ओभरटेक गर्न खोजेपछि विद्युत प्राधिकरणको सवारी चालकले उनलाई थापामाथि मुक्का प्रहार गरेका थिए । मुक्का प्रहारबाट उनको आँखामाथि निधारमा चोट लागेको छ । शनिबार विर्तासिटी अस्पतालमा उपचारपछि थापा घर फर्किएका थिए ।

पूर्वमुख्यमन्त्री थापामाथि भएको आक्रमणकाे नेपाली कांग्रेस पार्टी  र काेशी प्रदेशका पूर्वमुख्यमन्त्री शेरधन राईले विराेेध गर्दै दाेसीलाई कारवाही माग गरेका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.