
महोत्तरी । हत्या गरेर फ्यालेको अर्धनग्न अवस्थामा एक युवकको शव फेला परेको छ ।
महोत्तरीको सोनमा गाउँपालिका– २ का २९ वर्षीय ज्ञानेन्द्र भनिने ज्ञानु यादवको शव फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ज्ञानु पूर्वगाविस अध्यक्ष गोकुल यादवका छोरा हुन् ।
हत्या गरेर फालेको अवस्थामा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । घटना र शवको प्रकृति हेरेर प्रहरीले हत्याको आशंका गरेको हो । घटनास्थलमा तालिम प्राप्त कुकुरसहितको प्रहरी टोली पुगेको छ ।
शव अर्धनग्न अवस्थामा रहेको र गम्छाले घाँटी थिचिएजस्तो देखिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका सूचना अधिकारी इन्स्पेक्टर नन्दकुमार चौहानले बताए । उनका अनुसार घटनाको थप अनुसन्धान अघि बढाइएको छ ।

























