इटहरीकाे चाेक । फाइल फोटोसुनसरी । अत्यधिक चिसो बढेपछि सुनसरीको इटहरी उपमहानगरपालिका क्षेत्रका विद्यालय दुई दिनका लागि बन्द गरिएको छ ।
चिसाले पठनपाठन गराउन समस्या पर्ने भएपछि विद्यालय बन्द गर्नु परेको उपमहानगरको शिक्षा युवा तथा खेलकुद महाशाखा प्रमुख रमेश साहले बताए । उनका अनुसार इटहरी उपमहानगरपालिकाअन्तर्गतका सामुदायिक, धार्मिक तथा निजी विद्यालयहरुमा पठनपाठन बन्द गर्नुपर्ने अवस्था आएको हो ।
विद्यालयहरु आज (बिहीबार) र भोलि (शुक्रबार) बन्द रहने उपमहानगरपालिकाले जनाएको छ । केही दिनयता बढ्दो चिसो र शीतलहरका कारण तराईको जनजीवन प्रभावित बनेको छ ।
मौसम प्रतिकूल भएपछि सबै क्षेत्र प्रभावित बनेका छन् । शीतलहर तथा अत्यधिक चिसोका कारण इटहरीका विद्यालयमा पठनपाठन गर्न गाह्रो भएको उपमहानगरले जनाएको छ ।


























