
काठमाडौं । जिल्ला अदालत रुपन्देहीले सहकारीको बचत अपचलन मुद्दामा रवि लामिछानेलाई १ करोड धरौटीमा छाड्न आदेश दिएको छ ।
बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको बचत अपचलन मुद्दामा थुनछेक बहसपछि न्यायाधीश प्रल्हादकुमार योगीको इजलासले १ करोड धरौटीमा छाड्ने आदेश दिएको हो ।
लामिछानेलाई यसअघि पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारीको बचत अपचलन मुद्दामा कास्की जिल्ला अदालतले ६५ लाख र कालिमाटीको स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको बचत अपचलन मुद्दामा काठमाडौं जिल्ला अदालतले ६० लाख धरौटीमा छाड्ने आदेश दिएको थियो । लामिछानेले दुवै अदालतमा धरौटी बापत बैंक ज्ञारेन्टी बुझाएका थिए ।

























