
विराटनगर । सगरमाथा क्षेत्र प्रवेश गर्ने सवारीसाधनमा खुम्बु पासाङल्हामु गाउँपालिकाले चर्को सेवा शुल्क तोकेको छ ।
गाउँपालिकाको सडक प्रयोग गर्ने सवारीसाधनले अब चर्काे सेवा शुल्क तिर्नुपर्ने भएको हो । गाउँपालिकाले सूचना जारी गर्दै सडक मर्मत सम्भार शुल्क वापत प्रतिसिट प्रतिपटक ५० रुपैयाँ शुल्क पालिकालाई बुझाउनु पर्ने भएको छ ।
गाउँपालिका प्रवेश गर्दा चर्को सेवा शुल्क सवारीसाधनले तिर्नु परेपछि यसको असर यात्रुले भोग्नु पर्ने हुन्छ ।
उता, सडक मर्मत सम्भार शुल्क (दुवानी साधन)का हकमा प्रतिक्विन्टल प्रतिपटक १० रुपैयाँ सेवा शुल्क राखेको छ । गाउँपालिकाले वडा नम्बर १ खरिखोलास्थित नगर प्रहरी पोस्टमा यो शुल्क बुझाउन सूचनामा उल्लेख गरिएको छ ।


















