लागुऔषध कारोबारीमाथि प्रहरीले चलायो गोली

Share this
781shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ माघ १८, शुक्रबार ०६:३०

नवलपरासी । लागुऔषध ब्राउन सुगर (खैरो हेरोइन)का कारोबारीलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले बिहीबार राति गोली चलाएको छ । गोली लागेर १ जना घाइते भएका छन् ।

पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–१२ का राजेश लोनिया घाइते भएका हुन् । उनलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले राति ८ बजेतिर ४ राउण्ड गोली चलाएको हो ।

लोनियाको घरमा लागुऔषधको कारोबार भइरहेको सूचना आएपछि खानतलासीका लागि प्रहरी पुगेको थियो । प्रहरीलाई नै आक्रमण गर्न थालेपछि गोली चलाउनु परेको डीएसपी रेशम बोहराले जानकारी दिए ।

उनका अनुसार प्रहरीलाई आक्रमण गरेर भाग्न खोजेपछि गोली हानेर नियन्त्रणमा लिइएको हो । लोनियाको बायाँ तिघ्रामा गोली लागेको छ । घाइते अवस्थाका उनको पृथ्वीचन्द्र अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

लोनियाको घरबाट लागुऔषध खैरो हेरोइनजस्तो देखिने वस्तु प्रहरीले बरामद गरेको छ । लागुऔषधकै कारोबारमा संलग्न अर्का १ जना व्यक्ति भने फरार भएका छन् । प्रहरीले ती व्यक्तिको खोजी गरिरहेको छ ।

 

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.