मामाघर आएकी बालिकाकाे हत्या पछि करेसाबारीमा गाडियाे शव, हजुरबुवा पक्राउ

Share this
775shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ माघ १८, शुक्रबार १६:०७

विराटनगर । भारतको बिहारबाट मोरङको विराटनगर महानगरपालिका–५ स्थित मामाघर आएकी बालिकाको हत्यापछि शव करेसाबारीमा गाडेको अवस्थामा फेला परेको छ ।

हत्यापछि खाल्डो खनेर गाडिएको अवस्थामा १४ वर्षीया चाँदनी यादवको शव फेला परेको हो । शुक्रबार प्रहरी टोलीले शव उत्खनन गरेर पोष्टमार्टमका लागि पठाएको छ ।

हत्यापछि शव गाडेको आरोपमा अनुसन्धानका लागि प्रहरीले मावलीतर्फका हजुरबुवा ५७ वर्षीय सर्जुग मण्डललाई पक्राउ गरेको छ । मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले विराटनगर–५ घर भएका मृतक बालिका चाँदनीका हजुरबुवा सर्जुलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको बताए ।

उनका अनुसार एक हप्ताअघि हत्या गरेर शव गाडेजस्तो देखिन्छ । शव गाडेको स्थानलाई तोरीको जट्टाले छोपिएको अवस्थामा फेला परेको थियो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.