
काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुनको मूल्य स्थित रहेको छ । साताको पहिलो दिन सुनको मूल्य स्थित हुँदा चाँदीको भने घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका सुनको मूल्य प्रतितोला १ लाख ६२ हजार ८ सय रुपैयाँ छ । शुक्रबार पनि यही मूल्यमा कारोबार भएको थियो ।
चाँदीको मूल्य भने घटेको छ । प्रतितोला ५ रूपैयाँले भाउ घटेको हो । चाँदीको मूल्य तोलको १ हजार ९ सय १० रुपैयाँ कायम भएको छ ।

























