विराट एक्स्पो सम्पन्न, २ लाख बढीले गरे अवलोकन 

Share this
706shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ माघ २०, आइतबार २२:१०

विराटनगर । उद्योग संगठन मोरङले आयोजना गरेको विराट एक्स्पो ‘डिजिटल कोशीः ब्रिजिङ इनोभेसन एण्ड इन्भेष्टमेन्ट’ सम्पन्न भएको छ । 

आइतबार सम्पन्न भएको एक्स्पोमा २ लाख बढीले अवलोकन गरेका छन् । एक्स्पोमा झापा, मोरङ, सुनसरीलगायत जिल्लाका ११ र १२ कक्षाका ३ हजार विद्यार्थीलाई उद्यमशीलता सम्बन्धी जानकारी गराइएको थियो । 

यस्तै, एक्स्पोमा विद्यार्थीहरूको बायोडाटा लिएर उनीहरूको इच्छा बमोजिम सिप सिकाइएको छ । स्वदेशमै केही गराऔं भन्ने उद्देश्यले आयोजकले कफी बनाउने, पंखा बनाउने, सिसिटिभी जडान र मर्मत गर्ने सम्बन्धी १३ सय ५ जनालाई तालिम उपलब्ध गराएको उद्योग संगठनका अध्यक्ष राकेश सुरानाले जानकारी दिए ।  

उनका अनुसार कृषि तथा औद्योगिक प्रदर्शनीका साथै आर्थिक एवम् औद्योगिक क्षेत्रका विषय र मुद्दाहरूमा केन्द्रित रहेर पेभिलियन सञ्चालन गरेको थियो ।

२ सय ६८ वटा स्टल रहको महोत्सवमा विराट बजारका १२ वटा, स्टार्टअप भिजन कोशी ह्याकाथुनका १२, रोजगार कोशीका १२, व्यवसायिक सेवा प्रदायक, सूचना, शिक्षा र डिजिटल प्रविधिका ४० वटा स्टल रहेका थिए । 

त्यसैगरी, अटोमोबाइल्सका २०, औद्योगिक ७५, कर्पोरेट, कृषि, पर्यटन तथा साना उद्योगका ७५ वटा, खाद्यका १० र प्रायोजकका १० वटा स्टल राखिएका थियो ।

रोजगार कोशीअन्तर्गत युवाहरूलाई करिअर काउन्सिलिङ, हस्पिटालिटी, आईटी र इलेक्ट्रिकलका क्षेत्रमा तालिम प्रदान गरिएको थियो ।

उद्योग संगठन मोरङले एक वर्षको अन्तरालमा २०५३ सालदेखि विराट एक्स्पो गर्दै आएको छ । 

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.