बाल संसारमा विज्ञान प्रर्दशनी

Share this
696shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ माघ २१, सोमबार १९:४८

विराटनगर । विराटनगरको बाल संसार इङ्लिस बोर्डिङ स्कुलमा सरस्वती पूजाको दिन सोमबार विज्ञान प्रदर्शनी गरिएको छ ।

विद्यालयमा विभिन्न समूह बनाएर विद्यार्थीले तयार गरेका हस्तकलाका सामाग्रीहरु प्रदर्शनीमा राखिएको हो । विद्यार्थीले बनाएका सामग्रीहरुको अवलोकन गरी अभिभावकहरुले मन परेको समूहलाई ‘भोटिङ’ गर्ने प्रबन्ध विद्यालयले गरेको थियो ।

विद्यार्थीमा रहेको प्रतिभालाई उजागर गर्ने अवसरका रूपमा प्रत्येक वर्ष सरस्वती पूजाका अवसरमा विज्ञान प्रदर्शनी गरिँदै आएको स्कुलका अर्डिनेटर सुमन तामाङले जानकारी दिए । उनका अनुसार स्कुलले सरस्वती पूजा, नयाँ भर्ना भएका विद्यार्थीहरुको अक्षरारम्भ, नृत्यलगायतका कार्यक्रमहरु गरेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.