मदरल्याण्ड कीर्तन प्रतियोगितामा रामजानकी आमा समूह प्रथम

Share this
681shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ माघ २२, मंगलबार ०९:४३

विराटनगर । विराटनगर महानगरपालिका–४ जामुनगाछीमा रहेको मदरल्याण्ड एकेडेमी स्कुलमा सरस्वती पूजाको अवसर पारेर आयोजित भजन कीर्तन प्रतियोगितामा पोखरियाको रामजानकी आमा समूह प्रथम भएको छ ।

विद्यालयले प्रत्येक वर्ष सरस्वती पूजाका दिन भजन कीर्तन प्रतियोगिता गर्दै आएको छ । सोमबार सम्पन्न प्रतियोगितामा रामजानकी आमा समूह प्रथम भएकाे हाे । प्रथम भएकाे रामजानकी आमा समूहले २१ हजार प्राप्त गरेकाे छ । दाेस्राे भएकाे पञ्चेश्वोर भजन कीर्तन मण्डलीले १६ हजार, तेस्राे भएकाे लक्ष्मी नारायण भजन मण्डलीले ११ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेकाे छ ।

प्रतियोगितामा चौथोदेखि छैटौँ हुने टोलीले ४ हजार रुपैयाँ पाए भने अन्य सहभागी टाेलीले सान्त्वना पुरस्कार स्वरुप ३ हजार प्राप्त गरे । प्रतियोगितामा महानगरभित्रका ३२ वटा भजन मण्डलीको सहभागिता थियो ।

सो प्रतियोगिताको निर्णायकमा माधवशरण घिमिरे, सत्यनारायण चौधरी र मणिराज दाहाल  थिए । 

त्यसैगरी, सरस्वती पूजाकै अवसरमा विद्यालयमा नृत्य, गायन, तेक्वान्दो, परेड सो, र्याम्प वक, ज्येष्ठ अभिभावक सम्मान, विद्यालय कर्मचारी सम्मान कार्यक्रम आयोजना गरिएको थियो । 

विजेतालाई कोशी प्रदेशसभाका सदस्य भीम पराजुली, स्कुल व्यवस्थापन समितिकी अध्यक्ष गीता गौतम र स्कुलका प्रिन्सिपल मोहन बुढाथोकीले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरे । 

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.