जेनिथ इन्टरनेशनल कलेजद्वारा शिक्षासेवी पोखरेल सम्मानित  

Share this
719shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ माघ २४, बिहीबार १७:०३

विराटनगर । विराटनगरस्थित जेनिथ इन्टरनेशनल कलेजले शिक्षासेवी प्राध्यापक कृष्ण पोखरेलसहित कलेजका शिक्षकलाई सम्मान गरेको छ । 

वार्षिकोत्सवका अवसरमा कलेजले शिक्षा क्षेत्रमा लामो समयदेखि योगदान गरेको भन्दै शिक्षासेवी पोखरेललाई सम्मान गरेको हो । कार्यक्रममा  कलेजका तर्फबाट पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा. विजुकुमार थपलियाले दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरे ।

सम्मानित पोखरेल त्रिभुवन विश्वविद्यालयका विभिन्न कलेजमा ३८ वर्षभन्दा लामो समय प्राध्यापन गरेका थिए । पोखरेल पूर्वाञ्चल विश्वविद्यालयको सेवा आयोगका अध्यक्षका रुपमा समेत कार्य गरिसकेका छन् ।  

सोही अवसरमा कलेजमा १५ वर्षदेखि कार्यरत भरत साहलाई पनि सम्मान गरिएको थियो । साहलाई दोसल्ला ओढाएर कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका उपकुलपति प्रा.डा. थपलियाले सम्मान गरे । 

सो अवसरमा बीबीए र एमबीए अध्ययन पूरा गरेर जाने विद्यार्थीको बिदाई र नवआगन्तुक विद्यार्थीको स्वागतसमेत गरिएको थियो ।

त्यस्तै २०८१ सालमा भएका विभिन्न खेलकुद प्रतियोगिताका विजयी विद्यार्थीलाई पुरस्कारसमेत प्रदान गरिएको क्याम्पस प्रमुख सन्दीपदास श्रेष्ठले बताए । विद्यार्थीहरूले सांस्कृतिक नृत्य र गीतसमेत प्रस्तुत गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथिसमेत रहेका उपकुलपति प्रा.डा. थपलिया, विश्वविद्यालयको व्यवस्थापन सङ्कायका डिन डा. सन्देशदास श्रेष्ठ, कलेजका कार्यकारी अध्यक्ष चौधरी, क्याम्पस प्रमुख तथा कार्यक्रम संयोजक सन्दीपदास श्रेष्ठलगायतले मन्तव्य व्यक्त गरे । सो कलेजमा ३ सय २५ जना विद्यार्थी अध्ययनरत छन् । 

तपाइको प्रतिक्रिया
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
थाइल्यान्डमा एक भवनमा भीषण आगलागी, ११ जनाको मृत्यु
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.