
काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुनको मूल्य बढेको छ । सुनको मूल्य बढ्दा चाँदीको भने घटेको छ ।
सुनको मूल्य तोलामा १ सय रूपैयाँले घटेको हो । भाउ घटेसँगै सुनको मूल्य प्रतितोला १ लाख ६८ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन मूल्य १ लाख ६८ हजार १ सय रुपैयाँ थियो ।
यता, चाँदीको मूल्य भने प्रतितोला २५ रूपैयाँले घटेको छ । भाउ घटेर चाँदी तोलाको १ हजार ९ सय ६० रूपैयाँमा झरेको छ । अघिल्लो दिन १ हजार ९ सय ८५ रूपैयाँ थियो ।

























